Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मापदण्ड विपरीतका इटा उद्योगमा नगरपालिकाकाे डोजर

मापदण्ड विपरीतका इटा उद्योगमा नगरपालिकाकाे डोजर

काठमाडौं, ९ भदौ । काभ्रेको नमोबुद्ध नगरपालिका भकुण्डेवेशीमा रहेका मापदण्ड विपरीत ईटाभट्टा नगरपालिकाले डोजर लगाएर भत्काएको छ । नगरपालिका र ब्यवसायबीच असार मसान्तसम्मा हटाउने दुई पक्षबीच सम्झोता भएपनि ब्यवसायहरुले अटेर गर्दै आएपछि नगरपालिका आफैले प्रहरी प्रशासन राखेर डोजर लगाएको हो । गत माघ महिनामा जिल्ला समन्वय समितिका पदाधिकारी, नगरपालिकाका पदाधिकारी र इँटा उद्योगीबीच असार मसान्त भित्र नगर भित्र सञ्चालित आठ इँटा उद्योग हटाउने आठ बुँदे समझौता भएको थियो । सोही सहमति कार्यान्वयन गर्न इँटा उद्योगीलाई नगरपालिकाले बारम्बार पत्राचार गरी हटाउन निर्देशन दिइएको भएपनि उनीहरुले अटेर गरेपछि भत्काउनु परेको नगरप्रमुख टङ्क प्रसाद शर्मा तिमल्सिनाले जानाकारी दिए । उता उद्योग ब्यवसायिहरुले भने नगरपालिकाले आफुहरुलाई समय नै नदिइकन बल प्रयोग गरी भत्काएको आरोप लगाएका छन् ।

जिल्लामा सञ्चालित २० इँटा उद्योगमध्ये नमोबुद्ध नगरपालिकाको भकुण्डेमा मात्रै करिब एक किलो मिटर भित्र आठ वटा इँटा उद्योग बजार र बस्ती नजिकै सञ्चालन गर्दै आएका थिए । २०७५ वैशाखमा वातावरण विभाग र नमोबुद्ध नपाको संयुक्त अध्ययन अनुगमन टोलीले भकुण्डेमा सञ्चालित इँटा उद्योग मापदण्ड विपरीत भएको निष्कर्ष निकालेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x