Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

३ लाख ५० हजार सवारीले गरे भेइकल ट्रयाकिङ सिस्टम इन्ट्री

काठमाडौ, ९ भदौ । ३ लाख ५० हजार सवारी साधनले भेइकल ट्रयाकिङ सिस्टममा इन्ट्री गरेका छन् । राजस्व अनुसन्धान विभागका अनुसार हालसम्म ९५ प्रतिशत व्यवसायीले सिस्टममा इन्ट्री गरिसकेका छन् ।

सरकारले गत साउन १ गतेदेखि सामान सूचना प्रणालीमा प्रविष्ट गराएर मात्रै ढुवानी गर्नुपर्ने व्यवस्था गरेको थियो । नक्कली बिलबिजक जारी गरी वा भन्सार छलेर अर्बोको राजस्व चुहावट गर्ने तथा विभिन्न तरिकाले हुने आर्थिक अपराध रोक्न सरकारले यस्तो सिस्टम लागू गरेको हो ।
तर, केही साना व्यवसायी सिस्टममा नआएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । उनका अनुसार सिस्टममा सबै खालका व्यवसायीलाई आबद्ध गराउँने प्रयास भै रहेको छ । सिस्टमको बिषयमा नबुझेर नआउँने पनि छन् । त्यसैले विभागले सम्बन्धित व्यवसायीसँग छलफल गरिसकेको उनले बताए ।

भेइकल ट्रयाकिङ सिस्टममा जानका लागि सुरुमा व्यवसायीहरुले एकाउन्ट खोल्नुपर्छ । व्यवसायी आफैँले युजर आइडी र पासवर्ड हालेर प्रयोग गर्न सक्छन् । जसबाट व्यवसायीले सामान इन्ट्री गरेपछि विभागले जुनसुकै स्थानबाट पनि हेर्नसक्छ । विभागका अनुसार अहिलेसम्म २७ हजार बढीको एकाउन्ट बनिसकेको छ ।

सिस्टममा इन्ट्री नगर्नेलाई विभागले कारवाही गर्ने भएको छ । विभागका अनुसार केन्द्रीय सूचना प्रणालीमा इन्ट्री नगरेकालाई पहिलो चरणमा सम्झाएर छाडिएको छ । तर, इन्ट्री पनि नगर्ने र आवश्यक कागजात पनि नबोक्नेहरुलाई भने धमाधम कारबाही गरिरहेको विभागले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x