ऋण लिदा बैँकको नीति र प्रावधान बुझेर मात्र लिन गभर्नर नेपालको आग्रह
काठमाडौं,९ भदौं । नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जीवि नेपालले बैंकमार्फत ऋण लिदा बैँकको नीति र प्रावधान बुझेर मात्र ऋण लिन आग्रह गर्नु भएकाे छ । नेपाल बैँक लिमिटेडको तानसेनस्थित भुसलडाँडामा एक्स्टेन्सन काउण्टरको उद्घाटन गर्दै गभर्नर नेपालले आर्थिक लाभ हुने कार्य गर्न र आर्थिक रुपमा सम्पन्न हुनका लागि बैँकसँग कारोबार गर्न सबैलाई आग्रह गर्नुभयो । आर्थिक कारोबारको पहिचान गरेर मात्र बैँकमार्फत कारोबार गर्न आग्रह गर्दै नबुझी ऋण लिएको भनेर बैँकले कसैलाई पनि छुट दिन नसक्ने बताउनुभयो । बैँकले पनि कसैसँग पैसा लिएर अर्कालाई दिने भएको हुदाँ अनुदान सम्झेर होइन की ऋण लिएको पैसा के मा लगानी गर्ने स्पष्ट भएर ऋण लिन उहाँले सुझवसमेत दिनुभयो । यससंगै पाल्पा नेपाल बैंक लिमिटेडका ७ वटा शाखा संचालनमा रहेका छन ।