Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

फोहोर मैला उठाउनेलाई समेत प्यान ! देशको परिस्थिति नबुझी विदेशी नक्कल – नेपाल

फोहोर मैला उठाउनेलाई समेत प्यान ! देशको परिस्थिति नबुझी विदेशी नक्कल – नेपाल

काठमाडौं,८ भदौं । पूर्व प्रधानमन्त्री एव सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता माधवकुमार नेपालले फोहोर मैला उठाउनेलाई पनि प्यानको ब्यवस्था गरिनु देशको परिस्थिति नबुझी विदेशी नक्कल  मात्र भएको बताएका छन् । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघको नवौ बार्षिक उत्सवको अवसरमा राजधानीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेता नेपालले सरकाररले लागु गरेको अनिवार्य प्यान कार्डप्रति असन्तुष्टि ब्यक्त गरेका हुन । कार्यक्रममा नेता नेपालले भने, हामी कहाँ आफ्नो देशको परिस्थिति नबुझ्ने, विदेशी नक्कल गर्ने प्रवृत्ति बढी छ , आर्थिक गतिविधि सुक्दै जाने, पूँजी पलायन हुँदै जाने, रोजगारीका समस्या विकराल बन्दै जाने । यस्तो अवस्थाभित्र कुन ढंगले कदम चाल्दा ठीक हुन्छ भनेर विचार नपुर्‍याई कुनै पनि कदम चाल्नु हुदैन ।

कार्यक्रममा पार्टी प्यालेस तथा क्याट्रिन ब्यवसायीह्यरुले ब्यवसायीहरुले सामाजिक ब्यवहार सुधार ऐन अन्तर्गत स्थानीय प्रशासनले विभिन् निर्देशन जारी गर्दै ब्यवसायीहरुलइ निरुत्साहीत पार्ने काम गरेको बताएका छन् । इभेन्ट एसोसिएसयन नेपालको नवौं बर्षिक उत्सवको अवसरमा राजधानिमा आयोजित कार्यक्रममा उनिहरुले ब्यवसायीहरुसँग कुनै छलफल नै नगरी जारी गर्ने निर्देशनबाट ब्यवसायमा असर परेको गुनासो गरे ।  सरकारले तीज विशेष लगायतका पर्व संस्कृतिसँग जोडिएका कार्यक्रम पार्टी प्यालेसमा गर्न रोक लगाएसँगै ८० प्रतिशत कारोवारमा कमी आएको ब्यवासयीहरुले बताए ।  नेपालभर ७०० भन्दा बढी पार्टी प्यालेस तथा क्याट्रिन संचालनमा रहेका छन् । यस क्षेत्रबाट २५ हजार बढी रोजगारी सृजना भएको व्यावसायीहरुले बताएका छन् । यस क्षेत्रबाट बार्षि डेढअर्ब बढी राजश्य संकलन हुने गरेको ब्यवसायीहरुले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x