Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सामाजिक सुरक्षा योजनामा आवद्ध हुनु ऐच्छिक हैन अनिवार्य होः श्रम मन्त्री गोकर्ण विष्ट

सामाजिक सुरक्षा योजनामा आवद्ध हुनु ऐच्छिक हैन अनिवार्य होः श्रम मन्त्री गोकर्ण विष्ट

काठमाडौं, ८ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले संगठित संघ संस्था र निजी क्षेत्रका रोजगारदाताहरु सामाजिक सुरक्षा योजनामा अनिवार्य आवद्ध हुनुपर्नेमा जोड दिएका छन् । यो योजनाले रोजगारदाताहरुमा केही आर्थिक भार थपिएपनि श्रमिक प्रतिको सम्पूर्ण दायित्व सरकारले बहन गर्ने भन्दै यसको फाईदा लिन रोजगारदाताहरुलाई आग्रह गरेका हुन् ।

सामाजिक सुरक्षा कोषले आयोजना गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र होटल संघ नेपाल (हान)बीचको संयुक्त अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले यो योजना श्रमिक र रोजगारदाताको हितमा भएको बताए । त्यस्तै न्युनतम पारिश्रमिक लागु गरी यो योजनामा आवद्ध भएमा श्रमिकहरुले आफू सुरक्षित छौं भनि निर्धक्क भएर काम गर्दा व्यवसायमा सकारात्मक प्रभाव पर्ने उनको भनाई छ ।

यो योजना लागु हुन सुरुसुरुमा केही असहज जस्तो देखिएपनि यसले श्रमिक र रोजगारदातालाई नै सहजता दिएकोले यसमा सबैको सहभागिता अनिवार्य रहेको उनको बुझाई छ । त्यस्तै यसको लागि सरकार निजी क्षेत्रका गुनासाहरुलाई समेटेर अगाडी बढ्ने उनले बताए । ऐन र कानुनले नै व्यवस्था गरेको यस्तो व्यवस्थाको विरुद्ध अब कसैले पनि काम गर्न नहुने मन्त्री विष्टले जानकारी दिए ।

त्यसैगरी हानकी अध्यक्ष सृजना राणाले होटल व्यवसायीहरुले अन्य संघ संस्थाहरुले भन्दा कर्मचारीहरुलाई २ गुणा बढी सेवा सुविधाहरु दिएकोले सामाजिक सुरक्षा कोष प्रति साना होटल व्यवसायीले गुनोसो गरेको बताईन् । त्यसमा सरकारको पक्षबाट हेरफेर गर्नुपर्ने उनको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x