Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आगामी दुई महिनामा कुर्था जयनगर रेल सञ्चालनमा आउँने

आगामी दुई महिनामा कुर्था जयनगर रेल सञ्चालनमा आउँने

काठमाडौं ८ भदौ । आगामी दुई महिना भित्रमा धनुषाको कुर्थादेखि भारतको जयनगरसम्ममा रेल सञ्चालनमा आउँने भएको छ । जतिसक्दो छिटो सञ्चालनमा ल्याउँन सरकारले रेल्वे कम्पनीका लागि दक्ष प्राविधिक सहित २०० कर्मचारीको प्रस्ताव गरेको छ ।

विभागका महानिर्देशक बलराम मिश्रका अनुसार कम्पनीमा हाल न्यून जनशक्ति छन् । जोसँग रेलसम्बन्धी ज्ञान र क्षमता छैनन् । त्यसैले रेल सञ्चालन गर्न उक्त कम्पनीलाई बलियो बनाउन दक्ष कर्मचारीको माग गरिने तयारी भै रहेको मिश्रले बताए । कम्पनीले एक प्रमुख, मर्मतका लागि प्राविधिक, प्रशासक, लेखा लगायतका कर्मचारी आवश्यक भएकोले विभागले कर्मचारी माग गरेको हो ।

विभागका प्रवक्ता अमन चित्रकारका अनुसार आगामी दुई महीना भित्रमा रेल नेपाल आइपुग्नेछ । पहिलो चरणमा एउटा सेट मात्र आउनेछ । भारतीय सरकारी कम्पनी कोनकण कम्पनीमार्फत रेल खरीद गर्न लागिएको उनले बताए । डिजेल, इलेक्ट्रिक, मल्टिपल युनिट प्रविधिको सो सेटमा एउटामा पाँच डिब्बा रहने छ। दुई सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । रेलको क्षमता एक हजार २०० सम्म हुनेछ । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । प्रवक्ता चित्रकारका अनुसार रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेछ । कुर्थाबाट बिजलपुरा खण्ड १७ किलोमिटरसहित ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुनेछ ।

जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि भारत सरकासँग सन् २०१० मा सम्झौता भएको झण्डै एकवर्षपछि काम शुरु भएको थियो। भारतको सहयोगमा सीमाक्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण हुनलागेको चित्रकारले जानकारी दिए। तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम शुरु हुनसकेको छैन।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x