Date

शुक्र, अशोज ३१, २०८२
Fri, October 17, 2025

नेपाली सेनाद्धारा जेनजी आन्दोलनको तथ्यगत विवरण सार्वजानिक, मृत्यु भएका २२ जना मात्रै प्रदर्शनकारी

नेपाली सेनाद्धारा जेनजी आन्दोलनको तथ्यगत विवरण सार्वजानिक,  मृत्यु भएका २२ जना मात्रै प्रदर्शनकारी

काठमाडौँ, ३१ असोज । नेपाली सेनाले जेनजी आन्दोलनमा भएको मृत्यु,तोडफोड तथा आगजानीको तथ्यगत विवरण सार्वजानिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कुल ७६ मध्ये २२ जना आन्दोलनकारीको मृत्यु भएको जनाएको छ । पत्रकार सम्मेलनमा सेनाले २२ आन्दोलनकारीको मृत्यु भएको रिपोर्ट प्रस्तुत गरेको हो ।

बाँकी मृतकमा ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जना रहेको सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले जानकारी दिए । आन्दोलन ४८४ स्थानमा भएको पनि उनले बताए । सेनाका अनुसार ६८८ वटा सरकारी कार्यालय, २५९ वटा निजी निवास, १२८ वटा व्यापारिक प्रतिष्ठान, १९८ वटा राजनीतिक दलका कार्यालय, ३०७ वटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ ।

यस्तै आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी भागेकामा हालसम्म ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइएको सेनाको भनाइ छ ।

सेनाले आन्दोलनकै क्रममा ९७८ थान हतियार हराएकोमा ५८६ वटा फिर्ता गराइएको र अन्य खोजीकार्य भइरहेको आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *