सरकारको गुरुयोजना बमोजिम टियु क्रिकेट रङ्गशाला बनाउन १० अर्ब रुपैयाँ लाग्ने

काठमाडौं,३१ असोज । सरकारले कीर्तिपुरस्थित अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ । उक्त गुरुयोजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
हाल रङ्गशालाको पहिलो चरणका संरचना निर्माणाधीन छन् । प्यारापिट र फ्लड लाइट जडान भइरहेका छन् । यही मैदानमा आगामी १ मङ्सिरबाट नेपाल प्रिमियर लिग (एनपिएल) सुरु हुने भएकाले पनि काम तीव्र गतिमा अघि बढेको छ ।