Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

अबैध चोरी पैठारी रोक्न भन्सार प्रमुखलाई ब्यबसायीहरुको पत्र

अबैध चोरी पैठारी रोक्न भन्सार प्रमुखलाई ब्यबसायीहरुको पत्र

काठमाडौं,११ भदौ । भन्सारबाट अबैध चोरी पैठारी हुने मालवस्तु नियन्त्रण गर्न ब्यापारी ब्यबसायीहरुले नेपालगन्ज भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । तुलसीपुर उद्योग बाणिज्य संघको अगुवाईमा साबिकका राप्ती अञ्चल अन्तरगतका उद्योग बाणिज्य संघको टोलीले नेपालगन्ज उद्योग बाणिज्य संघ र कोहलपुर उद्योग बाणिज्य संघ समेतको सहभागितामा अबैध चोरी पैठारी रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।नेपाल भारत खुल्ला सिमानाका कारण दैनिक उपभोग्य वस्तु एबं अन्य सामानहरु बिभिन्न बहानामा पैठारी हुँदा त्यस क्षेत्रका ब्यबसायीहरुलाई अत्यन्तै कठिनाई भएको भन्दै चोरी पैठारीलाई तत्काल निरुत्साहित गर्न ज्ञापन पत्र मार्फत माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले अबैध चोरी पैठारी नियन्त्रणका लागि ठोस कदम चालिएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *