Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राष्ट्र बैंक र बैंक अफ कोरियाबीच अनुसन्धानमा सहकार्य गर्ने सम्झौता

राष्ट्र बैंक र बैंक अफ कोरियाबीच अनुसन्धानमा सहकार्य गर्ने सम्झौता

काठमाडौं, १० भदौ । नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच नेपालको वित्तीय समावेशीकरण, वित्तीय साक्षरता र त्यसको नीति तथा कार्यक्रमको बिषयमा अध्ययन अनुसन्धान गर्ने सम्झौता भएको छ। उक्त समझदारीपत्रमा राष्ट्र बैंक गभर्नर कार्यालयका निर्देशक गोबिन्द नागिला र बैंक अफ कोरियाका अन्तर्राष्ट्रिय मामिला विभागका नायव महानिर्देशक जि यङ जुङले हस्ताक्षर गरेका हुन् ।

अध्ययनपछि टोलीले राष्ट्र बैंकलाई अन्तरिम र बिस्तृत गरी दुई चरणको नीतिगत सुझाबसहित प्रतिवेदन दिने समझदारी भएको केन्द्रीय बैंकले जनाएको छ। बैंक अफ कोरियाले यो कार्यक्रम कार्यान्वयनमा ल्याएको तेस्रो पटक हो। यसअघि समष्टिगत अर्थब्यवस्थाको प्रक्षेपण र भुक्तानीरफर्छ्योट प्रणालीको नीतिगत ब्यवस्थाका सम्बन्धमा अध्ययन अनुसन्धान गरी राष्ट्र बैंकलाई सुझाब दिएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x