Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

पर्यटन मन्त्रीको घोषणा चाँडो लागु गर्न नाट्टाको आग्रह

पर्यटन मन्त्रीको घोषणा चाँडो लागु गर्न  नाट्टाको आग्रह

काठमाडौं, १० भदौ । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई चाँडोभन्दा चाँडो २४ सै घण्टा सञ्चालनमा ल्याउन सुझाव दिएको छ । नाट्टाका अध्यक्ष सीएन पाण्डे सहितको पदाधिकारीहरुको टोलिले पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीसँग भेटबार्ता गर्दै पर्यटकहरुको सुविधाका लागि यो व्यवस्था चाँडो लागु गर्नुपर्ने माग राखेका हुन् ।

पर्यटन मन्त्री योगेश भट्टराईले हिजो एक वर्षे कार्ययोजना सार्वजनिक गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई २४ सै घण्टा सञ्चालनमा ल्याउने घोषण गरेका थिए। तर, हवाई ट्राफिकको चाप बढी भई अवतरणमा जहाजहरुलाई आकाशमै होल्ड गर्नुपर्ने बाध्यता रहेकोले यसलाई न्यूनिकरण गर्न उक्त कार्ययोजना चाँडो लागु गर्नुपर्ने नाट्टाका अध्यक्ष पाण्डेको माग छ । पर्यटकलाई आकर्षण गर्नको लागि विमानस्थलको भौतिक संरचनाहरुलाई सुधार गर्नु पर्ने पदाधिकारीहरुको भनाई छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पर्यटकको लागि पहिलो प्रवेशद्वार भएकाले मुलुकको चित्रण यहाँबाट हुन्छ भन्दै आवरणमा सुधार गर्नुकासाथै पर्यटकलाई दिईने सेवा र सुविधाहरु छिटो छरितो, सरल र सहज रुपमा दिन पर्यटन मन्त्रालयले विशेष ध्यान दिन आवश्यक रहेको उनीहरुको भनाई छ ।

त्यसैगरी पर्यटकहरुमा लगाईएको अतिरिक्त शुल्क बारे हेरफेर गर्नुपर्ने, डिजल इन्धन र एलपी ग्यासमा दिँदै आएको भ्याट फिर्तालाई निरन्तरता दिइनु पर्ने, बैकल्पिक अतर्राष्ट्रिय विमानस्थलहरुको काम तोकिएकै समयमा सम्पन्न गर्नु पर्ने, भ्रमण वर्ष २०२० लाई लक्षित गरी राष्ट्रिय ध्वजा बाहक विमानहरुको व्यवस्थापन चाँडै गर्नु पर्ने, टुरिष्ट बस टर्मिनललाई विशेष ध्यान दिनु पर्ने जस्ता ११ बुँदे मागहरु पर्यटन सचिव अधिकारी समक्ष राखिएको अध्यक्ष पाण्डेले जनाकारी दिए ।
पर्यटन मन्त्री

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x