Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

एनआईसी एशिया बैंकको सुपर चमत्कारिक निक्षेप योजना सार्वजनिक, १ कारोडभन्दा बढीको बीमा सुविधा

एनआईसी एशिया बैंकको सुपर चमत्कारिक निक्षेप योजना सार्वजनिक, १ कारोडभन्दा बढीको बीमा सुविधा

काठमाडौं, १० भदौ । एनआईसी एशिया बैंकले ३० वटा विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले २२ औं वार्षिकोत्सवको अवसरमा आम जनताको बचत गर्ने बानीलाई प्रोत्साहन गर्न यो योजना सार्वजनिक गरेको हो ।

यो योजना अन्तर्गत “सुपर चमत्कारिक बचत खाता, सुपर चमत्कारिक नारी बचत खाता, सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, सुपर चमत्कारिक बाबु नानी बचत खाता, सुपर चमत्कारिक विद्यार्थी बचत खाता, सुपर चमत्कारिक स्वरोजगार बचत खाता, सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, सुपर चमत्कारिक उद्यमशील बचत खाता, सुपर चमत्कारिक तलब बचत खाता” रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त निक्षेप योजनाहरुमा ग्राहकहरुले आफू तथा आफ्नो परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजार रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने बैकले जनाएको छ । जसअन्तर्गत परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए १ करोड रुपैयाँसम्मको बीमा सुविधा, दम्पत्तिको २५ घातक रोगहरुको लागि ३० लाख रुपैयाँसम्मको बीमा सुविधा, परिवारका लागि १ लाख ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

त्यस्तै यो योजनामा सामेल हुने ग्राहकले अन्य बैंकको कुनै पनि एटीएमबाट निःशुल्क रुपमा रकम निकाल्न सक्ने बैकले जनाएको छ । हाल बैंकले २ सय ९७ शाखा कार्यालय, ३ सय ४६ एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै अएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x