Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

लगातार ओरालो लागेको नेप्से ४.८७ अंकले बढ्यो, कारोबार रकम भने २४ करोडमा सीमित

लगातार ओरालो लागेको नेप्से ४.८७ अंकले बढ्यो, कारोबार रकम भने २४ करोडमा सीमित

काठमाडौं, १० भदौ । केही सातादेखि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबारको तेस्रो दिन मंगलबार आज भने सुधार देखिएको छ । आज नेप्से ४.८७ अंकले वृद्धि भई १२०८.०० विन्दुमा रोकिएको हो ।

१ सय ६७ कम्पनीको ८ लाख ५० हजार ३ सय ८६ कित्ता सेयर २४ करोड ४६ लाख रुपैयाँमा खरिद–विक्री भएको छ । त्यस्तै हिजो भने ३८ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । आज सबैभन्दा बढी सेयर कारोबार एनआईसी एशिया बैंक लिमिटेडको भएको छ । उक्त बैंकको २ करोड ३६ लाखभन्दा बढीको सेयर कारोबार भएको हो ।

त्यसैगरी नेप्सेमा सूचिकृत ११ समूहमध्ये दुई समूहको उपसूचकमा गिरावट आएको छ भने अन्य बाँकी समूहको उपसूचकमा बृद्धि भएको छ । उपसूचक गिरावट आउँनेमा होटेल समूह र निर्जीवन बीमा समूह रहेका छन् । होटेल समूहको उपसूचकमा ८.९४ अंकले गिरावट आएको छ भने निर्जीवन बीमा समूहको उपसूचकमा १२.८८ अंकले गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x