Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गाडीको आयात रोक्न देश भित्रनै गाडीको उत्पादन गर्न थाल्नु पर्छः अर्थमन्त्री खतिवडा

गाडीको आयात रोक्न देश भित्रनै गाडीको उत्पादन गर्न थाल्नु पर्छः अर्थमन्त्री खतिवडा

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले आयातित सवारीलाई कम गर्न देशभित्र गाडीको उत्पादन गर्न थाल्नुपर्ने बताएका छन् । राजधानीमा नाडा अटो शोको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आयातित सवारीबाट आम्दानी बढाउनुभन्दा एसेम्बल्ड प्लान्ट राखेर देशमै उत्पादन थाल्नुपर्ने बताएका हुन् ।

त्यस्तै सरकारले विद्युतीय गाडीको एसेम्बल प्लान्टलाई प्राथमिकतामा राखेको उनले जानकारी दिए । विद्युतीय सवारी उत्पादनका लागि २५ प्रतिशत सरकारी संरक्षण रहने उनको भनाई छ । सार्वजनिक सवारीसाधन विद्युतीय बनाइने तथा बाँकी सवारी साधन हाइब्रिडमा लाने समेत अर्थमन्त्री खतिवडाले जानकारी दिए। उनले आयातित उर्जाको सट्टा आफ्नै देशको उर्जा प्रयोग गरेर हाइब्रिड गाडी संचालन गर्नुपर्ने धारणा राखे। उनले भने–‘कमसेकम २० प्रतिशतभन्दा कम मूल्य बृद्धि हुने उत्पादनमा बहस नगरौं।’

यसैगरी अर्थमन्त्री खतिवडाले सवारी साधन नवीकरण गर्नका लागि अनलाईन मार्फत सबै विवरण राख्नुपर्ने ब्यवस्था गरी सहज बनाइने जानकारी पनि दिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x