सनराइज बैंकको १२१ औं शाखा कार्यालय बानेश्वरमा

काठमाडौं, १० भदौ । सनराइज बैंक लिमिटेडले बानेश्वरमा १२१ औं शाखा कार्यालय संचालनमा ल्याएको छ । सोमबार आयोजित एक औपचारिक कार्यक्रमा उक्त शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष मोतीलाल दुगड र संचालक समितिका सदस्यद्वय ई. बच्छराज तातेड र शारदा शर्मा पुडासैनीले संयुक्त रmपमा गरेका हुन् ।

त्यस्तै बैकले थप एक एटीएम पनि सञ्चालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन भो सोही कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष रामकुमार के. सी र बैंककी संचालक समितिकी सदस्य पुडासैनीले गरेका हुन् ।

हाल बैंकले यो शाखा कार्यालयसहित १२१ वटा शाखा कार्यालय, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४१ वटा एटीएम मार्फत सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *