Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

लगातार उकालो लागेको सुनको मूल्य प्रतितोला ९ सय घट्यो

लगातार उकालो लागेको सुनको मूल्य प्रतितोला ९ सय घट्यो

काठमाडौं, १० भदौ । स्थानीय बजारमा लगातार उकालो लागेको सुनको भाउ आज प्रतितोला ९ सय रुपैयाँ घटेको छ । हिजो इतिहासकै महंगो दरमा प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९ सय रुपैयाँ घटेर प्रतितोला ७२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आइतबार सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने हिजो सोमबार प्रतितोला १ हजार रुपैयाँ बृद्धि भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य भने घटबढ भएको छैन् । चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x