मुक्तिनाथ विकास बैंकद्वारा गणेश मन्दिरमा सीसी क्यमरा जडान गर्न आर्थिक सहयोग
काठमडौं, १० भदौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले श्री गणेश– चौथी महापूजा सञ्चालन गर्दा सीसी क्यामरा जडान गर्न आर्थिक सहयोग गरेको छ । बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौंको कमलादीस्थित श्री कमलादी गणेश विकास तथा महापूजा सञ्चालन समितिलाई गणेश मन्दिर परिसरमा सिसि क्यामेरा जडान गर्न उक्त आर्थिक सहयोग गरेको बैंकले जानाएको छ ।
उक्त सहयोग रकम बैंकका बजारीकरण विभागका प्रमुख बसन्त बक्सीले महापूजा समारोहका संयोजक रविन महर्जनलाई हस्तान्तरण गरेका हुन् । हाल बैंकले १ सय २० वटा शाखा कार्यालय र २२ वटा एटीएम मार्फत् सेवा दिँदै आएको छ । गनेश मन्दिर परिसरमा यस्तो महापूजाको आयोजना विगत ४ वर्षदेखि हुँदै आएको छ ।