Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान सुरु गरिने

काठमाडौ, १० भदौ । सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले भ्रमण बर्ष २०२० बर्षलाई लक्षित गरी एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान सुरु गर्ने भएको छ । सोमबार आगामी एक बर्षको कार्ययोजना प्रस्तुत गर्दै सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले गैर आवासिय नेपाली संघको नेतृत्वमा अभियान सञ्चालन गरिने बताए । उनका अनुसार आगामी दुई महिना भित्रमा यो अभियानको सुरुवात गरिनेछ ।

यसका साथै सरकारले भ्रमण बर्षलाई नै लक्षित गरी पर्यटन दूत नियुक्त गर्ने भएको छ । मन्त्रालयले बैज्ञानिक मापदण्ड बनाई गुडविल एम्बेसडार तोक्ने तयारी गरेको हो । यसका लागि आरोही, दाता र विदेशीलाई प्राथमिकता दिईने मन्त्री भटट्राईले बताए । सरकारले आगमी १५ दिन भित्रमा होटल मापदण्ड समेत जारी गर्ने भएको छ । परिवर्तित अवस्था अनुसार होटल रेष्टुरेष्ट लगायत पर्यटकीय सेवाको गुणस्तरीय बृद्धि गर्ने गरी मन्त्रालयले होटल मापदण्ड जारी गर्ने तयारी गरेको हो । मन्त्रालयले चार र पाँच तारे होटलले नेपाली खानको छुट्टै स्टल राख्नु् पर्ने व्यवस्था सहित होटल मापदण्ड जारी गर्ने तयारी गरेको छ । नेपाली मौलिक खानका प्रचार प्रसारको लागि मन्त्रालयले यस्तो खालको व्यवस्था गर्न लागेको हो । जस अनुसार होटलहरुले खानाको बारेमा पर्चा समेत छाप्नुपर्ने व्यवस्था गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x