Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

पर्वतारोहणमा निस्किएका पर्यटकलाई उच्च सतर्कता अपनाउन पर्यटन बोर्डको आग्रह

पर्वतारोहणमा निस्किएका पर्यटकलाई उच्च सतर्कता अपनाउन पर्यटन बोर्डको आग्रह

काठमाडौं, ११ कार्तिक । नेपाल पर्यटन बोर्डले नेपालमा पर्वतीय यात्रामा निस्किएका सबै पर्यटक र स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विभागले देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी हावाको प्रभाव र अरब सागरमा न्यून चापका कारण मौसम परिवर्तन भएको बताइएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रहरूमा भारी हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, नवलपुर, कास्की, पर्वत, डोल्पा, सिमकोट (हुम्ला), रसुवा, नुवाकोट, धादिङ, लमजुङ, जुम्ला, मुगु, कालिकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम (पूर्व र पश्चिम), बागलुङ, सुर्खेत, बाँके र बर्दियामा भारी वर्षा, हिमपात र बाढीको जोखिम रहेको चेतावनी जारी गरिएको छ ।

अन्नपूर्ण र मनास्लु क्षेत्रका स्थानीय तहहरूले पदयात्रामा निस्केका पर्यटकहरूलाई उच्च सतर्कता अपनाउन, नियमित सम्पर्कमा रहन र अत्यधिक सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेका छन् । बोर्डले आग्रह गर्दै भनेको छ, ‘पहाडहरू सधैँ रहनेछन्, जीवन अमूल्य छ । सुरक्षित रहनुहोस्, जिम्मेवार यात्रा गर्नुहोस् ।’

यात्रा अघि र क्रममा नियमित रूपमा मौसमको पूर्वानुमान जाँच गर्न बोर्डको सुझाव छ । अत्यधिक चिसोका लागि पूर्व तयारीका रूपमा न्यानो, जलरोधक र हावारोधक कपडा प्रयोग सुझावमा उल्लेख छ । नदी वा

खोलाको किनारमा शिविर नगर्न र आकस्मिक बाढीको संकेत देखिए तुरुन्त सुरक्षित स्थानमा जान भनिएको छ। हिम पहिरो जोखिमका क्षेत्रमा यात्रा गर्दा स्थानीय चेतावनी र ट्रेल बन्दको सूचना ध्यानपूर्वक पालना गर्नुपर्ने सुझाव दिइएको छ ।

आवश्यक सामग्री (प्रथम उपचार किट, अतिरिक्त खानेपानी, टर्च, पावर बैंक, सञ्चार उपकरण आदि) साथमा राख्न अपिल गरिएको छ । अनुभवसहितका स्थानीय गाइडहरू भाडामा लिनुहोस्, जसले मौसम र भौगोलिक अवस्थाबारे उपयोगी जानकारी दिनसक्ने पनि भनिएको छ ।

अवस्था जोखिमपूर्ण देखिएमा यात्रा स्थगित वा वैकल्पिक सुरक्षित बाटो रोज्नुपर्ने सुझाव दिइएको छ।

सम्पर्क नम्बरहरू:

बोर्डका गण्डकी प्रदेश प्रमुख: ९८५१०२४३६६

पर्यटक प्रहरी मुक्तिनाथ: ९८५१२८२७५६

पर्यटक प्रहरी गण्डकी: ९८५६०८२७६२

पर्यटक प्रहरी काठमाडौंः ९८५१२८९४४५

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *