Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

मौसम प्रतिकुल हुँदा हवाई सेवा प्रभावित, अन्तर्राष्ट्रिय उडान ‘होल्ड’

मौसम प्रतिकुल हुँदा  हवाई सेवा प्रभावित, अन्तर्राष्ट्रिय उडान ‘होल्ड’

काठमाडौं, ११ कार्तिक। प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान केही ढिला हुन गएका छन् । अहिले अन्तर्राष्ट्रियतर्फ उडान केही समयदेखि ‘होल्ड’मा रहेका छन् ।

हिमाली क्षेत्रतर्फ लुक्लाको तेञ्जिङ हिलारी, हुम्लाको सिमीकोटलगायत विमानस्थलमा उडान सामान्य प्रभावित भएको बताइएको छ ।

विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार, प्रतिकूल मौसमका कारण अहिले विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) उडानमात्रै भइरहेको छ । केही उडान डिले भए पनि रद्द नै गर्नुपर्ने अवस्था नभएको उनले बताए । निश्चित हवाई रुट भएकाले उडानमा सामान्य चाप बढेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ । यस प्रणालीको प्रभावले गएरातिदेखि बुधबार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकामा बिहानदेखि बदली छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *