Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

राष्ट्र बैंकको नक्कली चेक सहित १८ करोड बढीका तमसुक बरामद

राष्ट्र बैंकको नक्कली चेक सहित १८ करोड बढीका तमसुक बरामद

कैलाली २० भादौं । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीको चटकपुरबाट पक्राउ परेका धनगढी उप–महानगरपालिका–६ मटियारीका सञ्जय राणा कमल बहादुर बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीबाट सय करोड बढीको राष्ट्र बैंकको नंकली चेक र करौडौको तमसुकहरु बरामद गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेका तीनै जनालाई सार्वजनिक गर्दै उनिहरूको साथबाट चार थान पेस्तोल, तीन सय ७९ दशमलव ३६ ग्राम सुन, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात समेत बरामद गरिएको जानाकरी दिएको हो । उनिहरूसँग  व्यक्तिका नाममा रहेका १८ करोड तीन लाख ६४ हजार बराबरका २३ थान तमसुक समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदिप गिरीले बताए। विभिन्न व्यक्तिका नाममा काटेका र खाली गरि ५७ वटा चेक पनि बरामद गरिएको उनले बताए । दुई करोड ४५ लाख रुपैँयाका काटेका चेक बरामद गरिएको हो । उनीहरुको साथबाट नक्कली चेक पनि बरामद गरिएको छ । एक सय ६ करोड रुपैँयाको राष्ट्र बैंकको एउटै नक्कली चेक पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। छाप र नक्कली पत्र तथा कागजाहरु पनि उनीहरुको साथबाट प्रहरीले बरामद गरिएको छ ।

विभिन्न सरकारी कार्यालयका छापहरु बरामद गरिएको हो । नापी कार्यालय, मालपोत, राजश्व संगै सञ्चार मन्त्रालय, धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका र विभिन्न विभागका छापहरु बरामद गरिएको हो भने राष्ट्र बैंकका गभर्नर सहित, कर अधिकृत, मालपोत अधिकृतको हस्ताक्षर छाप पनि बरामद गरिएको हो।

यस्तै पक्राउ परेका सञ्जय रानाको नाममा दुई वटा नागरिकता भेटिएको छ। एउटा कैलाली र एउटा डोटीबाट उनले नागरिकता लिएको भेटिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक गिरीले लामो समयदेखिको प्रयासपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको बताए ।अहिले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु मिटर ब्याज र हातहतियारको कारोवारी भएको खुल्न आएपनि विस्तृत रुपममा अनुसन्धान गर्न बाँकी रहेको उनले बताए । ७ दिन म्याद थपेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x