Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

यति र ताराले सगरमाथा सफाई गर्ने

यति र ताराले सगरमाथा सफाई गर्ने

काठमाडौ २० भदौ । यती एयरलाइन्स र तारा एयरले सेप्टेम्बर महिनाभित्र सगरमाथा क्षेत्रबाट ३० टन फोहोर ‘एयरलिफ्ट’ गरी काठमाडौं ल्याउने घोषणा गरेका छन् ।

सगरमाथा प्रदुषण नियन्त्रण समिति, खुम्बु पासाङ ल्हामु गाउँपालिका, हिमालय क्लब लुक्ला, ‘रिसाइक्लिङ’ गर्ने संस्था ब्लु वेस्ट टु भ्यालु र राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा यती र ताराले उक्त परिमाण बराबरको फोहोर ल्याउने भएका हुन् । यतीले यस अघि सगरमाथा क्षेत्रबाट पुनः प्रयोग गर्न मिल्ने ४५ टन फोहोर सङ्कलन गरिसकेको छ । यतीले २०१८ मा सगरमाथा क्षेत्रबाट १ सय टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x