Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनसीसी बैंकको दुई आर्थिक वर्षको साधारण सभा सम्पन्न

एनसीसी बैंकको दुई आर्थिक वर्षको साधारण सभा सम्पन्न

काठमाडौं, २४ भदौ । एनसीसी बैंक लिमिटेडले गत दुई आर्थिक वर्षको साधारण सभा सम्मन्न गरेको छ । बैंकले सोमबार काठमाडौंमा आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सो अवधिमा सञ्चिति मुनाफा र ४ वटा विकास बैंकहरुसँग मर्जर भएपश्चात चुक्ता पुँजीको १५.८९ प्रतिशतले १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी बोनस सेयर र बोनस सेयरको कर प्रयोजनको लागि ०.८३ प्रतिशतले हुने ५ करोड ८६ लाखभन्दा बढी नगत लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।

यस्तै गत २०७६ असार मसान्त सम्ममा बैंकको निस्क्रिय कर्जाको मात्रा २.७८ प्रतिशत रहेको छ । साथै बैंकको गत आर्थिक वर्षमा कुल निक्षेप ७३ अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने कुल कर्जा ६४ अर्ब ८१ करोड रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x