Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बुद्ध एयरले थप्यो नयाँ जहाज

बुद्ध एयरले थप्यो नयाँ जहाज

काठमाडौ २९ भदौ । सेवाग्राहीलाई थप सुविधा प्रदान गर्न बुद्ध एयरले ७२ सिट नयाँ जहाज भित्राएको छ । योसहित बुद्धसँग अब १३ थान जहाज भएका छन् । बुद्धले फ्रान्सको जहाज निर्माता कम्पनी ‘एटिआर७२—५००’ सिरिजको जहाज शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराएको हो ।

यो जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘९एन—एएनआई’ दर्ता नम्बर दिएको छ। आगामी दुई सातापछि यो जहाजले नियमित व्यापारिक उडान सुरु गर्ने बुद्ध एयरले बताएको छ ।
बुद्धसँग ७२ सिटे एटिआर७२—५०० आठ थान, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२—३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट—१९००डी’ सिरिजका जहाज भएका छन् ।
बुद्धले काठमाडौबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक चार दर्जन हाराहारी उडान गरिरहेको छ । साथै काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x