प्रादेशिक लघुबित्त सदस्य सम्मेलन सम्पन्न

धनगढी, २९ भदौ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले लघुबित्त संस्थाहरूले सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुयाएको बताउनु भएको छ । धनगढीमा आयोजित प्रादेशिक लघुबित्त सदस्य सम्मेलनमा बोल्दै मन्त्री शाहले यस्तो बताउनुभएको हो ।
यस क्षेत्रका सहकारी संस्थाले महिला सशत्तिकरणको साथै प्रदेशमा आर्थिक गतिविधि बढाएको उहाँले बताउनु भयो । सुदूरपश्चिम प्रदेश सरकारले पनि सहकारीको विकासमा लागी आवश्यक नीति बनाइरहेको मन्त्री शाहले बताउनुभएको छ ।
सो अवसरमा बोल्दै धनगढी उपमहानगरपालिका प्रमुख नृप बहादुर वडले समृद्ध प्रदेश निर्माणार्थ सहकारीले विशेष भूमिका खेलेको बताउनुभयो । कैलालीमा मात्रै ५ हजार बढी महिला मिटर व्याजका कारण तनावमा रहेको उदाहरण दिँदै मेयर वडले सचेत रहन आग्रह गर्नुभयो । उहाँले सहकारीको दुरुपयोग नगर्न सुझाव दिनुभयो ।
सहकारीले बचत गर्ने बानिको विकास मात्रै नभई महिला सशक्तीकरण पनि बढ्ने धारणा राख्नुभयो । सहकारीमा विद्यमान समस्या समाधानका लागी पहल गर्ने आश्वासन उहाँले दिनुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *