Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

एनआईसी एशिया बैंकका शाखा सल्लेरी, दोधारा चाँदनी र दिक्तेलमा

एनआईसी एशिया बैंकका शाखा सल्लेरी, दोधारा चाँदनी र दिक्तेलमा

काठमाडौं, ३० भदौ । एनआईसी एशिया बैंकले थप तीन वटा शाखा विस्तार गरेको छ । बैंकले सोलखुम्बूको सल्लेरी, कन्चनपुरको दोधारा चाँदनी र खोटाङ्गको दिक्तेलमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

सोलुदुधकुण्ड नगरपालिका वडा नं ५, सल्लेरी स्थित सल्लेरी शाखाको उद्घाटन सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले गरेका हुन् । त्यस्तै कन्चनपुरको महाकाली नगरपालिका वडा नं ६, दोधारा चाँदनी स्थित दोधारा चाँदनी शाखाको उद्घाटन महाकाली नगरपालिकाका मेयर बीर बहादुर सुनार र खोटाङ्गको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १, दिक्तेल स्थित दिक्तेल शाखाको उद्घाटन रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले गरेका हुन् ।

हाल बैंकले २ सय ९८ शाखा कार्यालय, ३ सय ५६ एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x