सातौं फर्निचर एक्स्पो सम्पन्न, करिब ८१ हजारले गरे अवलोकन

काठमाडौं, ३० भदौ । फर्निचर तथा फर्निसिङका उत्पादनको ब्राण्डिङ गर्ने उद्देश्यले आयोजना गरिएको सातौं फर्निचर तथा फर्निसिङ एक्स्पो आईतबार सम्पन्न भएको छ । ५ दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा चलेको उक्त एक्स्पोमा करिब ८१ हजार अवलोकनकर्ताले अवलोकन गरेको आयोजकले जनाएको छ ।

एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको थियो । उक्त एक्स्पोले फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै एक्स्पोमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा १ सय १३ प्रिन्ट ब्लड संकलन भएको जनाईएको छ । नेपाल फर्निचर तथा फर्निसिगं संघको आयोजनामा भएको रक्तदान कार्यक्रममा संघका पदाधिकारी, प्रदर्शक तथा अवलोकनकर्ता लगायतले रक्तदान गरेका थिए । मेडिसिटी अस्पतालको प्राविधिक सहयोगमा संचालित रक्तदानमा लायन्स क्लफ अफ काठमाडौं सेन्टर, लायन्स क्लफ अफ चावहिल र लायन्स क्लब अफ टिचर्सले सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *