Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

करिब ३५ करोड राजस्व छलेको आरोप, विभागद्वारा तीन जना विरुद्ध मुद्धा दायर

काठमाडौं, २ असोज । राजस्व अनुसन्धान विभागले २२ करोड २६ लाख राजस्व छली गरेको आरोपमा एएस हार्डवेयरका प्रोपाईटर सरला श्रेष्ठ लगायत ७ जना विरुद्ध मुद्धा दायर गरेको छ । विभागले झुटा तथा नक्कली विजक विक्री गरी राजस्व छली गरेको आरोपमा श्रेष्ठ विरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्धा दायार गरेको हो । त्यस्तै, अनंगपाल श्रेष्ठ र धनश्याम पोखरेलले फर्मको तर्फबाट गरिएको राजस्व चुहावटको कार्यक्रमा प्रत्यक्ष रुपमा संलग्न भएको विभागले बताएको छ ।

त्यस्तै, विभागले राजस्व चुहावट गरेको आरोपमा १२ करोड ४६ लाख विगो सहित बत्तिसपुतली स्थित रुक्मणी इन्डष्ट्रिज विरुद्ध बारा जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । बिभागले बुधबार नै इन्डस्ट्रिजले अन्तशुल्क इजाजत पत्र नलिई अन्तशुल्क लाग्ने बस्तुको उत्पादन गरी स्थानीय बजारमा विक्री वितरण गर्दा असुल गर्नुपर्ने अन्तशुल्क तथा छली भएको सो अन्तशुल्कमा लाग्ने मूल्य अभिबृद्धि कर असुल नगरी कारोबार गरेको देखिएकोले ईन्डस्ट्रीजले राजस्व चुहावट गरेको पुष्टि भएको विभागले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x