कावेलीबाट बिजुली उत्पादन परीक्षण सुरु
काठमाडौं,२ असोज ।पाँचथर र ताप्लेजुङको सीमा भएर बग्ने काबेली नदीवाट निकालिएको २५ मेगावाट क्षमताको काबेली बी वान जलविद्युत परियोजनाबाट बिजुली उत्पादन परीक्षण सुरु गरिएको छ । साउन तेस्रो साता कावेली करिडोरको परीक्षण सुरु भए पश्चात सो आयोजनाको बाँकी काम सकेर परीक्षण उत्पादन सुरु गरिएको आयोजना व्यवस्थापन पक्षले जनाएको छ । परीक्षण उत्पादन सफल भएकाले एक महिना भित्रै नियमित बिजुली उत्पादन गर्ने तयारी गरिएको छ । आयोजनको लागत पाँच अर्ब रहेको छ ।