Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

एटिएम बुथमा अनिवार्य सुरक्षा गार्ड

एटिएम बुथमा अनिवार्य सुरक्षा गार्ड

काठमाडौ १० असोज । अब देखि बैक तथा वित्तीय संस्थाले आफनो एटिएम बुथमा अनिवार्य रुपमा सुरक्षा गार्ड राख्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एटिएम बुथमा चौबिसै घण्टा सुरक्षा गार्ड राख्‍नुपर्ने व्यवस्था गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूको सिस्टम ह्याक गरी रकम निकाल्ने क्रम बढेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो।

यसैगरी, एटिएम बुथमा कुनै व्यक्ति वा समूहबाट शंकास्पद गतिविधि भएको शंका लागेमा यथाशीघ्र संस्थाले तोकेका पदाधिकारी तथा निकायमा सूचित गराउने व्यवस्था मिलाउनसमेत केन्द्रीय बैंकले निर्देशन दिएको छ। त्यसैगरी, राष्ट्र बैंकले बैंकिङ प्रणालीमा हुने ह्याकिङ रोक्न हरेक संस्थाले सूचना प्रविधि सम्बन्धमा आकस्मिक सहायता समूह गठन गरी कार्यान्वयनमा ल्याउन र संस्थाको प्रणालीमा कुनै किसिमको साइबर आक्रमण, शंकास्पद गतिविधि वा अनधिकृत पहुँच भएमा तत्काल त्यसबारे जानकारी राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा गराउन निर्देशन दिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x