Date

बुध, कार्तिक २८, २०८१
Wed, November 13, 2024

नलसिंहगाड जलविद्युत आयोजनामा जाईकाको प्रस्ताव

काठमाडौं १० असोज । जापान सहयोग नियोग (जाइका) ले नेपालको जाजरकोट स्थित ४ सय १७ मेगावाट क्षमताको नलसिंहगाड जलविद्युत आयोजनामा रुचि देखाएको छ । जाईकाले आयोजनालाई पिपिपी मोडेल (सार्वजनिक निजी साझेदारी) मा अघि बढाउन प्रस्ताव समेत गरेको छ। यस बिषयमा जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र जाइकाका कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच सहमति भएको छ ।

जाइकाले आयोजनालाई उच्च प्राथामिकतामा राखेर पिपिपी मोडेलमा अघि बढाउने प्रस्ताव गरेको ऊर्जा मन्त्री बर्षमान पुनले बताए । उनका अनुसार ‘जाइकासँगको छलफल अत्यन्तै सकरात्मक भएको छ । जाईकाले डिपिआरको अध्ययनलगत्तै परियोजनालाई अघि बढाउने गरी पहल थाल्ने प्रतिवद्धता समेत जनाएको छ । त्यसका साथै छलफलको क्रममा जाइकाका उपाध्यक्ष कोशिकावाले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिवद्धता समेत जनाएका छन्।

मन्त्री पुनले यो परियोजनालाई अघि बढाउने विषयमा जापानका संसदीय, परराष्ट्र, उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वनतथामत्स्यपालन राज्यमन्त्री योसिताका ईता र जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइसँग छलफल गरेका थिए। भेटवार्तामा उर्जामन्त्रालयका सहसचिव तोया अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङल गायतका उच्च अधिकारीहरु पनि सहभागी थिए। भेटमा मन्त्री पुनले नेपालमा हाल स्थायी सरकार रहेको भन्दै थप लगानीका लागी पनि आग्रह गरेका थिए। उनले नेपालमा जलविद्युतको बजार समेत सुरक्षित रहेको र सजिलै नाफा समेत लिन सक्ने वातावरण वर्तमान सरकारले बनाएको पनि दावी गरे।

आगामी १० वर्षमा नेपालले १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र उत्पादित विजुली बेच्नका लागि भारत र बंगलादेशसँग सम्झौता भइसकेको मन्त्री पुनले बताए । उनले उत्पादित बिजुलीको लागी आन्तरीक र बाह्य बजार बनाउन सरकार सक्षम रहेको समेत धारणा राखेका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x