Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

आज ४० औं विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरि मनाईदै

आज ४० औं विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरि मनाईदै

काठमाडौं, १० असोज । आज ४० औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै छ । पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड सहित विभिन्न पर्यटकीय संघसंस्थाहरुले दिवसको अवसरमा बिहान र्याली निकालेका थिए । र्यालीमा विभिन्न झाकी सहित नेपाली कला, संस्कृति झल्कने भेषभुषा प्रर्दशन गरिएको थियो ।

सो अवसरमा पर्यटन व्यवसायीहरुले मुलुकको पर्यटन विकासका लागि पूर्वाधार निर्माणमा जोड दिएका छन् । नेपालमा पर्यटन विकासका लागि अथाह सम्भावना हुदाँ पनि आवश्यक पूर्वाधार निर्माणको अभावमा पछि परेको भन्दै यस्तो आग्रह गरेका हुन ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षकोरुपमा मनाउदै छ । त्यसका लागि पनि प्रचार–प्रसारलाई तीब्र पार्नुपर्ने व्यवसायीहरुको आग्रह छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *