Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

मुलुकभर बैंक तथा वित्तीय संस्थाको ८ हजार ८ सय ७ शाखा कार्यालय संचालनमा, १४ स्थानीय तह भने बैंकिङ्ग पहुँच बाहिर

मुलुकभर बैंक तथा वित्तीय संस्थाको ८ हजार ८ सय ७ शाखा कार्यालय संचालनमा, १४ स्थानीय तह भने बैंकिङ्ग पहुँच बाहिर

बलराम बुढाथोकी
काठमाडौं, १० असोज । चालु आर्थिक वर्ष २०७६÷७७ को असोज पहिलो सातासम्ममा ७ सय ३९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा खुलेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज ८ गतेसम्म ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा संचालनमा आएको छ ।

प्रदेश नं. १ को एक स्थानीय तह, प्रदेश नं. २ को २, प्रदेश नं. ३ को २, गण्डकी प्रदेशको १, कर्णाली प्रदेशको २ र सूदुरपश्चिम प्रदेशको ६ स्थानीय तहमा शाखा खुलेका छैनन । आवश्यक पूर्वाधारको अभावमा सो स्थानमा शाखा संचालनमा ढिलाई भएको जनाइएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७३÷७४ मा नै सबै स्थानीय तहमा शाखा विस्तार गर्न निर्देशन दिएको थियो ।

यी हुन बैंक बिहिन स्थानीय तह

  • प्रदेश नं. १ – ताप्लेजुङ्गको मिक्वाखोला गाउँपालिका
  • प्रदेश नं. २ – पर्षाको जिरा भवानी गाउँपालिका र धनुषाको जनकपुरधाम नगरपालिका
  • प्रदेश नं. ३ – धादिङको रुवी भ्याली गाउँपालिका र धादिङकै नेत्रावती गाउँपालिका
  • गण्डकी प्रदेश – मनाङको नार्खु गाउँपालिका
  • कर्णाली प्रदेश – कालिकोटको महावै गाउँपालिका र जाजरकोटको जुनिचाँदे गाउँपालिका
  • सूदुर पश्चिम प्रदेश – बाजुराका पाण्डप गुफा गाउँपालिका, स्वामिकात्तिक गाउँपालिका, गौमुल गाउँपालिका र बुढीनन्दा नगरपालिका तथा बझाङ्गका काँडा गाउँपालिका र थलारा गाउँपालिका

प्रदेश नं. ५ मा रहेका सम्पूर्ण स्थानीय तहमा बैंकका शाखाहरु पुगिसकेको छ । यो प्रदेशमा ५०९ वटा स्थानीय तह छन् ।

त्यस्तै, राष्ट्र बैंकका अनुसार असोज ८ गतेसम्म देशभर बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ८ हजार ८ सय ७ पुगेको छ । एक वर्षमा बैंक तथा वित्तीय संस्थाको शाखा एक हजार ९ सय ८८ वटा थपिएको छ । गत वर्षको भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ६ हजार ८ सय १९ थियो । तर, अहिले त्यो संख्या बढेर ८ हजार ८ सय ३९ पुगेको हो ।

अहिले मुलुकमा १ सय ७१ वटा बैंक तथा वित्तीय संस्थाहरु संचालनमा छन् । त्यसमध्ये वाणिज्य बैंक २८, विकास बैंक २९, वित्त कम्पनी २३, लघुवित्त वित्तीय संस्था ९० र पूर्वाधार विकास बैंक १ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x