Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

कुमारी र सिनर्जीको हकप्रद निष्काशन गर्न बोर्डमा निवेदन

कुमारी र सिनर्जीको हकप्रद निष्काशन गर्न बोर्डमा निवेदन

काठमाडौं, २१ पौष । कुमारी बैंक र सिनर्जी फाइनान्सले हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कुमारी बैंकले ८ अर्ब चुक्ता पुँजी पु¥याउन हाल कायम रहेको पुँजीमा २० प्रतिशतका दरले हकप्रद निकाशन गर्न बोर्डमा निवेदन दिएको हो । बैंकले हाल कायम रहेको चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने १ अर्ब १९ करोड ३८ लाख ९९ हजार १ सय ६५ रुपियाँ बराबरको १ करोड १९ लाख ३७ हजार ९९१.६५ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईबीएल क्यापिटलले लिएको छ ।
चुक्ता पुँजी पुर्याउनकै लागीे काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स तथा महाकाली र काँक्रेविहार विकास बैंकलाई एक्वायर गरेर असार १२ गतेदेखि एकीकृत कारोबार गरेको यस बैंकले गत वर्ष ५० प्रतिशत हकप्रद र २१ प्रतिशत बोनस शेयर दिएर पनि चुक्ता पुँजी ८ अर्ब नपुगेपछि पुनः २० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णयमा पुगेको हो । हकप्रद बिक्री पछि बैंकको चुक्ता पुँजी ७ अर्ब १६ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ११ करोड २० लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५१ पैसा रहेको कुमारीको प्रतिसेयर नेटवर्थ भने १४५ रुपैयाँ ९१ पैसा रहेको छ ।
त्यसैगरी सिनर्जी फाइनान्सले २५ प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । चुक्ता पुँजीका २५ प्रतिशतले हुन आउने ११ लाख ८६ हजार २२.४७ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । यता, सिनर्जी र बेष्ट फाइनान्स एक्विजिसनमा जाने भएका छन् । बेस्ट फाइनान्सले एक्वायर गर्ने भएपछि सिनर्जीको सेयर कारोबार पनि राक्का छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x