बौद्ध धर्मको माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धनमा जोड

काठमाडौं, २१ पुस । बौद्ध धर्मको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन गर्न सकिने काठमाडौंमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । बिहीवारदेखि शुरू भएको पहिलो अन्तरराष्ट्रिय बौद्ध धर्म (दोर्जे शुग्देन) सम्मेलनका क्रममा सहभागीले हरेक बौद्ध धर्मावलम्बीको लागि बुद्ध जन्मस्थल आउन पाउनु खुशीको कुरा हुने बताउँदै धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकास गर्न सकिने बताए ।

नेपाल, भारत, चीन, थाइल्याण्ड, जर्मनी, जापान, म्यानमार, मङ्गोलिया, अमेरिका, न्यूजिल्याण्ड, जर्मनलगायत २० देशका बौद्ध धर्मावलम्बीहरू सहभागिता सम्मेलन ३ दिनसम्म चल्नेछ । सम्मेलनको उद्घाटन गर्दै रक्षामन्त्री भीमसेनदास प्रधानले नेपालमा आयोजना हुने यस प्रकारका सम्मेलनले नेपाललाई विश्वसामुु परिचित गराउन सघाउ पुग्ने बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *