रसुवागढी हाइड्रोपावर र आरम्भ माइक्रोफाइनान्सलाई शेयर निष्काशन अनुमति

काठमाडौं, २१ पौष । नेपाल धितोपत्र बोर्डले रसुवागढी हाइड्रोपावलर कम्पनी लिमिटेड र आरम्भ माइक्रोफाइनान्स कम्पनीलाई बिहीबार प्राथमिक शेयर निष्काशनको स्वीकृति प्रदान गरेको छ ।
चिलिमे हाइड्रोपावर कम्पनीको मुख्य लगानी रहेको रसुवागढी हाइड्रोपावरले १ अर्ब ६४ करोड रुपियाँ बराबरको १ करोड ६४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।, कम्पनीले शुरुमा संस्थापक संस्थाका कर्मचारी, र कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई सो शेयर निष्काशन गर्न लागेको हो ।
सिद्धार्थ क्यापिटल, एनआईबीएल क्यापिटल मार्केट्स, ग्लोबल आईएमई क्यापिटल र एनसीएम मर्चेन्ट बैकिङले संयुक्त रुपमा सो कम्पनीको शेयर निष्काशकको रुपमा कार्य गर्न लागेको हो ।
चिलिमे हाइड्रोपावरको ३३ प्रतिशत पुँजी लगानी रहेको यो कम्पनीले रसुवा जिल्लामा १११ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । कम्पनीमा नेपाल विद्युत प्राधिकरणको १८ प्रतिशत, शेयर रहेको छ । यो प्राथमिक निष्काशनपछि कर्मचारी सञ्चय कोषका कर्मचारीको १ प्रतिशत, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १९.५० प्रतिशत र प्रबद्र्धक कम्पनीका कर्मचारीको साढे ३ प्रतिशत शेयर रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत शेयर जारी गर्ने योजना बनाएको छ ।
त्यसैगरी बोर्डले आरम्भ माइक्रोफाइनान्स वित्तिय संस्थालाई २ लाख ९४ हजार कित्ता बजाबरको २ करोड ९४ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । सिन्धुपाल्चोकलाई कार्यक्षेत्र बनाएर स्थापित यो कम्पनी २०७० चैत्र २६ बाट सञ्चालनमा आएको हो । कम्पनीले १५ वटा जिल्लामा काम गरिरहेको छ ।