एनआरएनएको महासचिवमा पौडेलको उम्मेदवारी घोषणा

काठमाडौं, २४ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा महासचिवमा डा. केशव पौडेलले उम्मेदवारी दिने भएका छन्। निर्वाचनमा भाग लिन बिहीबार नेपाल आएका डा पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा हुँदै छ । उनले आफ्नो अनुभवलाई आइसिसीमा लगानी गर्ने तथा सामाजिक योगदानको चाहनालाई साकार पार्न महासचिवमा उम्मेदवारी दिन लागेको बताए।