महालक्ष्मी विकास बैंकद्वारा १७.८९ प्रतिशत लाभांश घोषणा

काठमाडौं, २४ असोज । महालक्ष्मी विकास बैंकले १७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७५÷७६ को को मुनाफाबाट सेयरधनीहरुलाई ९.८९ प्रतिशत नगद लाभांश र ८ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
उक्त नगद लाभांश र बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ साधारण सभाबाट पारित गरे पश्चात् वितरण गरिने छ । हाल बैंकले १ सय २ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ भने बैंकको ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ ।