राष्ट्र बैंकको तीन विभाग स्थानान्तरण

काठमाडौं, २४ असोज । नेपाल राष्ट्र बैंकको तीन विभाग स्थानान्तरण गरिएको छ । राष्ट्र बैंकको केन्द्रिय भवन निर्माणको क्रममा अनुसन्धान, विकास बैंक सुपरिवेक्षण र वित्त कम्पनी सुपरिवेक्षण विभागलाई स्थानान्तरण गरिएको हो ।

अनुसन्धान विभागलाई राष्ट्रिय सहकारी विकास बोर्ड पुल्चोकबाट गैर आवासीय नेपाली संघको भवन बालुवाटार, विकास बैंक सुपरिवेक्षण विभागलाई राष्ट्र बैंक केन्द्रिय कार्यालयबाट राष्ट्रिय सहकारी विकास बोर्ड पुल्चोकमा स्थानान्तरण गरिएको छ । त्यस्तै वित्त कम्पनी सुपरिवेक्षण विभागलाई पनि केन्द्रिय कार्यालय बालुबाटारबाट गैर आवासीय नेपाली संघको भवन बालुवाटारमा स्थानान्तरण गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *