Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र हुलाक बचत बैकले राष्ट्र बैकलाई विवरण बुझाउनुपर्ने, निर्देशन कार्यन्वयन नभए ५ करोडसम्म जरिवाना

काठमाडौ २४ असोज । अब देखि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र हुलाक बचत बैकले शंकास्पद कारोबारको विवरण नेपाल राष्ट्र बैकमा बुझाउँनुपर्नेछ । केन्द्रिय बैकले सम्पति शुद्धीकरण तथा आतंकबादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था जारी गर्दे विवरण बुझाउँन निर्देशन दिएको हो ।

राष्ट्र बैकले गरेको व्यवस्था अनुसार सम्बन्धित निकायले ग्राहकको पहिचान, उच्च पदस्थ व्यक्तिको कारोबार, बास्तविक धनी, सरलीकृत ग्राहक पहिचान प्रक्रिया, ग्राहक तथा बास्तविक धनी पहिचान अद्यावधिक र जोखिम व्यवस्थापन गर्नुपर्नेछ । उक्त निर्देशन पालना नगरेमा अधिकत्तम ५ करोड रुपैयाँसम्म जरिवाना हुनेछ ।

नीति तथा कार्यविधि कार्यन्वयन नभएमा केन्द्रिय बैकले पहिलो पटक स्पष्टीकरण सोध्ने छ । दोस्रो पटकमा अधिकत्तम ५ करोड रुपैयाँसम्म जरिवाना गर्नेछ । ग्राहक पहिचान सम्बन्धि व्यवस्था कार्यन्वयन नभएमा अधिकत्तम ५० लाख रुपैयाँसम्म जरिवाना हुनेछ । जानीबुझी बेनामी वा काल्पनिक नाममा कारोबार गरेको पाईएमा ५० लाख रुपैयाँसम्म जरिवाना हुनेछ । उच्च पदस्थ व्यक्तिको पहिचान हुने प्रणाली कार्यन्वयन नभएमा ५ करोड रुपैयाँसम्म जरिवाना हुनेछ ।

राष्ट्र गरेको व्यवस्था अनुसार कुनै ग्राहकले एकै पटक वा पटक पटक गरी एक दिनमा कुनै खातामा गरेको १० लाख भन्दा बढी रकमको नगद कारोबार गरेमा सम्बन्धित निकायले राष्ट्र बैकलाई सुचित गर्नुपर्नेछ । त्यस्तै, कसैले १० लाख भन्दा बढी रकमको नगद खर्च कारोबार गरेमा, दिनमा १० लाख भन्दा बढी रकम बराबर नेपालको सीमा वारपार हुने गरी विद्युतीय स्थान्तरण गरेमा र ५ लाख भन्दा बढी रकमको नगदमा विदेशी मुद्रा सटही कारोबार गरेमा पनि केन्द्रिय बैकले सुचित गर्नुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *