Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना

नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना

काठमाडाैं, ९ मंसिर ।  नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन, र आर्थिक सम्बन्धलाई सुदृढ गर्न “नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज“ स्थापना गरिएको छ।

काठमाडौं महानगरपालिका वडा नं. २७ मा रहेको नेपाल निप्पोन चेम्बरको कार्यालय उद्घाटन जापानी दूतावासका मिशन उप–प्रमुख तामुरा ताकाहिरोले गर्नुभएको हो ।

सामाजिक सेवा मुलक गैर नाफामूलक कम्पनीका रूपमा दर्ता गरिएको यस संस्थाले नेपाल र जापानको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनुका साथै दुवै देशका उद्योगपति, व्यापारी तथा व्यवसायीक समुदायबीच सहकार्य र समझदारीलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ ।

यस चेम्बर कुनै मुनाफा वितरण नगर्ने गरी सञ्चालन गरिने र आर्जित मुनाफा चेम्बरका उद्देश्यहरू पूरा गर्न मात्र खर्च गरिने व्यवस्था गरिएकोे छ । यसको सदस्य बन्न इच्छुक १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले रु. १०,००० शुल्क बुझाएर सदस्यता प्राप्त गर्न सक्नेछन।

संस्थाले समाज कल्याण ऐन २०४९ तथा कम्पनी ऐन २०६३ अनुसार कानुनी प्रक्रिया पालना गर्दै वैदेशिक आर्थिक, प्राविधिक, तथा वस्तुगत सहयोग लिनुपरेमा समाज कल्याण परिषद्को पूर्व स्वीकृति लिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x