धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो ।
यसअघि, आइतबार अध्यक्ष सिफारिस समितिले श्रेष्ठसहित डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम सिफारिस गरेको थियो । सिफारिस समितिले आइतबार अध्यक्षका आकांक्षी अधिकारी, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाईंलाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि अर्थ मन्त्रालयमा बोलाइएको थियो ।
११ महिना पछि बोर्डले नयाँ अध्यक्ष पाएको हो । अब उनले दोस्रो स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्ने छन ।