Date

बिहि, मंसिर १८, २०८२
Thu, December 4, 2025

नबिल बैंककाे बैंक ग्यारेन्टीवापतको १ अर्ब ६ करोड ९६ लाख भुक्तानी दिन आदेश

नबिल बैंककाे बैंक ग्यारेन्टीवापतको १ अर्ब ६ करोड ९६ लाख भुक्तानी दिन आदेश

काठमाडौं, १८ गते । नबिल बैंकले चिनियाँ ठेकेदार कम्पनीसँग सम्बन्धित १ अर्ब ६ करोड ९६ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बापत भुक्तानी करिब २ वर्षपछि पाउने भएको छ । चिनियाँ अदालतले नबिल बैंकको पक्षमा यो फैसला गर्दै काउन्टर ग्यारेन्टी जारी गर्ने चिनियाँ बैंकलाई उक्त रकम भुक्तानी गर्न आदेश दिएसँगै न्याय मिलेको हो ।

यसरी बैंक ग्यारेन्टीवापतको रकम नपाएर अन्तर्राष्ट्रिय अदालतमा कानुनी प्रक्रियामा गई मुद्दा जितेको नबिल पहिलो बैंक भने होइन । यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय कम्पनीको बैंक ग्यारेन्टी बसेका तत्कालीन बैंक अफ काठमाडौं, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले पनि कानुनी प्रक्रियामा गएर अन्तर्राष्ट्रिय अदालतबाट मुद्दा जितेका थिए ।
नबिलले कानुनी प्रक्रिया थालेको दुई वर्षमा मुद्दा जित्यो तर तत्कालीन बैंक अफ काठमाडौं र एनआईएमबीले करिब १२ वर्षमा यस्तै प्रकारको मुद्दा जितेको थियो ।

३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत परियोजनाका लागि ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनी (चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी) सँगको विवादमा बैंकले काउन्टर ग्यारेन्टी दाबी गरेको थियो । तर हालसम्म पाएको थिएन ।

खासमा चिनियाँतर्फको निर्माण कम्पनी सुइफा एएनएचई समूहले उक्त जलविद्युत परियोजनाको लागि चीनमा रहेको एभरब्राइट बैंकको काउन्टर ग्यारेन्टीमा स्थानीय बैंक नबिलले ग्यारेन्टी दिएको थियो । ठेक्का पाएको उक्त चिनियाँ कम्पनीले समयमा काम गरेन ।

यसपछि माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना प्रतिनिधिले वि।सं २०८० मंसिरमै ठेक्का रद्द गरी बैंक ग्यारेन्टी जफत गरेको थियो । आयोजनाको ठेक्का रद्दपछि बैंक ग्यारेन्टी जफत गरे पनि नबिल बैंकले भने सो वापतको भुक्तानी पाएन ।

उल्टै चिनियाँतर्फको निर्माण कम्पनी सुइफा एएनएचई समूहले बैंक ग्यारेन्टी वापतको रकम तिर्न नपर्ने भन्दै उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *