सुबिसु १८औं वर्षमा प्रवेश
काठमाडौं, २१ पौष । इन्टरनेट र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट १७औं बर्ष पुरा गरी १८ औं वर्षमा प्रबेश गरेको छ । सन् २००१देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसु हाल देशको सुचना तथा संचार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने एक अग्रणि कम्पनीको रुपमा स्थापित छ । सुबिसुले हाल डिजिटल टिभी, इन्नरनेट टीभीको साथै फाइबर टु होम र ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गरिरहेको छ ।
वार्षिकोत्सबको अवसरमा सुबिसुको प्रमुख कार्यकारी अधिकृत बिनयमोहन साउदले आगामी वर्षमा ग्राहकलाई थप उच्चस्तरीय सेवामा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे ।