Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

गैर आवासीय नेपाली संघको निर्वाचन आज, यस्तो छ प्रतिस्पर्धा

गैर आवासीय नेपाली संघको निर्वाचन आज, यस्तो छ प्रतिस्पर्धा

काठमाडौं । २९ असोज
गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आज हुन लागेको छ । नयाँ कार्यसमितिमा ४२ पदमा निर्वाचन हुनेछ । आगामी दुई वर्षका लागि संघको नेतृत्वका लागि वर्तमान कार्यसमितिका उपाध्यक्षहरु कुल आचार्य र कुमार पन्त प्रतिस्पर्धामा छ । एनआरएनएको निर्वाचनमा यसपटक राजनीतिक रङ गाढा देखिएको छ । आचार्य बेलायतका र पन्त जर्मनीका हुन् । दुवै गैर आवासीय नेपाली संघ स्थापनाको शुरुवातदेखि नै सक्रिय छन् ।
त्यस्तै, उपाध्यक्ष पदका लागि वर्तमान महासचिव डा. बद्री केसी, सोनाम लामा, डा. केशव पौडेल, हिक्मत थापा, सपिला राजभण्डारी र रविना थापा प्रतिस्पर्धामा छन् । उपाध्यक्षमा चार पदमा खुला र एक महिला उपाध्यक्षका लागि निर्वाचन हुनेछ । त्यस्तै, महासचिवमा डा. हेमराज शर्मा र जानकी गुरुङको प्रतिस्पर्धा छ । सचिवमा विनय अधिकारी, गौरीराज जोशी, शिवकुमार बरुवाल, आरके शर्माले दाबी गरेका छन् भने कोषाध्यक्षमा महेश श्रेष्ठ, सुदन थापा, सोम सापकोटा प्रतिस्पर्धा गर्दैछन् ।
अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, दुई सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, क्षेत्रीय संयोजक, उपसंयोजक, महिला र युवा उपसंयोजक लगायत ४२ पदका लागि निर्वाचन हुन लागेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x