Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

विश्व बैंक र आइएमएफ बैठकमा सहभागी हुन अर्थमन्त्री खतिवडा अमेरिका प्रस्थान

विश्व बैंक र आइएमएफ बैठकमा सहभागी हुन अर्थमन्त्री खतिवडा अमेरिका प्रस्थान

काठमाडौं, २८ असोज । अर्थमन्त्री डा.युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन मंगलबार अमेरिका प्रस्थान गरेका छन् । सो समूहद्वारा आयोजना हुने संयुक्त बैठकमा अर्थमन्त्री खतिवडा सहभागी हुने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ । उनले विश्व बैंक मुद्रा कोषका वरिष्ठ अधिकारीहरुसँग द्विपक्षीय छलफल गर्ने जनाइएको छ ।

खतिवडाले अन्तर्राष्ट्रिय विकास संस्थाबाट नेपालको नीतिगत सुधारको लागि प्राप्त हुँदै आएको सहायतालाई थप प्रभावकारी बनाउने उपायलगायत सहायताका थप क्षेत्र र सम्भावना बारे विस्तृत छलफल गर्ने कार्यक्रम छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्षता हाल नेपालले गरिरहेको परिप्रेक्षमा सार्कका अर्थमन्त्रीहरु सम्मिलित अनौपचारिक बैठकको अध्यक्षतासमेत अर्थमन्त्री खतिवडाले गर्ने कार्यक्रम तय भएको जानकारी दिइएको छ ।

प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल समेत सहभागी छन् । अर्थमन्त्री खतिवडा आगामी कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x