Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

३३ सय मानिसको भागमा बैंकको एक शाखा

३३ सय मानिसको भागमा बैंकको एक शाखा

काठमाडौं, २८ असोज । नेपालमा ३ हजार ३ सय मानिसको भागमा एउटा बैंक तथा वित्तीय संस्थाको शाखा परेको छ । नेपाल राष्ट्र बैंकले गरेको नेपालमा वित्तीय पहुँचको स्थिति अध्ययन अनुसार यस्तो तथ्यांक देखिएको हो । तथ्यांक अनुसार निक्षेप खाता संख्या बृद्धि उल्लेख्य बृद्धि भई २ करोड ७८ लाख पुगेको छ भने १४ लाख ४० हजार कर्जा खाता पुगेको छ ।

अध्ययनले नेपालको कुल जनसंख्याको ६० दशमलव ९ प्रतिशतमा बैकिङ पहुँच पुगेको देखाएको छ । कन्द्रीय बैकले बाणिज्य बैक, विकास बैक र वित्त कम्पनीहरुमा रहेका नेपालीको तीनपुस्ते विवरणलाई बिश्लेषण गरी एक व्यक्तिको एक भन्दा बढी रहेका खाताहरुहरुलाई हटाएर एक व्यक्ति एक खाता हेर्दा १ करोड ८० लाख निक्षेप खाता संख्या रहेको देखिएको अध्ययनमा उल्लेख छ । लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारीबाट सेवा प्रापत गर्ने जनसंख्यालाई समावेश गर्ने हो भने यो हिस्सा अझै बढ्ने केन्द्रिय बैकले अध्ययनले देखाएको छ ।

त्यस्तै नेपालमा मोवाईल बैकिङ्ग प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार पुगेको छ । जारी भ्एको डेविट कार्डको संख्या भने ६७ लाख ९ हजार पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x