Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आर्थिक रुपान्तरणको लागि एनआरएनहरुलाई लगानी गर्न अर्थमन्त्री खतिवडाको आग्रह

आर्थिक रुपान्तरणको लागि एनआरएनहरुलाई लगानी गर्न अर्थमन्त्री खतिवडाको आग्रह

काठमाडौं, २८ असोज । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक रूपान्तरण गर्नका लागि गैर आवसीय नेपाली (एनआरएन)हरुलाई लगानी गर्न आग्रह गरेका छन् । आजबाट काठमाडौंमा सुरु भएको गैर आवसीय नेपालीहरुको ९ औं अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले फलाम खानी, पेट्रोलियम अन्वेषणमा एनआरएनलाई लगानीको लागि आब्हान गरेका हुन् ।

उनले एनआरएनहरुलाई हेजिङ कम्पनी खोलेर विदेशी विनिमयको जोखिम लिएर मुनाफा कमाउन सक्ने गरि आउन आग्रह गरे। मन्त्री खतिवडाले नाफा नहुने परियोजनामा समेत ‘ग्याप फन्डिङ’ गरेर नाफामा लैजाने गरि काम गर्न लागिएको बताए। पूर्वाधार, खानीजन्य, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा लगानीका लागि उलेख्य सम्भावना भएकोले त्यसमा लगानी गरेर फाईदा कमाउन सकिने उनले जानकारी दिए ।

उनले नेपालमा लगानीको प्रतिफल उच्च रहेको बताउँदै विदेशी लगानीका उद्योगले औषतमा २५ प्रतिशत लाभांश लिइरहेको जानकारी दिए । खतिवडाले संघियता कार्यान्वयनको दुई वर्षमा धेरै समस्या हल भएको दावी गर्दै अब प्राकृतिक स्रोत बाँडफाँडको मुद्दा बाँकी रहेपनि त्यो केही दिनमै मन्त्रिपरिषद्ले टेङ्गो लगाउँने बताए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x