Date

सोम, मंसिर २२, २०८२
Mon, December 8, 2025

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई काम गर्न दिन सर्वोच्चको आदेश

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई काम गर्न दिन सर्वोच्चको आदेश

काठमाडौं, २२ मंसिर । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा हितेन्द्र देव शाक्यलाई काम गर्न दिन भनेर परमादेश जारी गरेको छ।

सोमबार न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पूर्ववत रूपमा काम गर्न दिन परमादेश जारी गरेको हो।

‘…२०८२ असोज ५ गतेको निर्णय तथा सो निर्णयको आधारमा गरिएको कामकारबाही र पत्राचार समेत उत्प्रेषणको आदेशले बदर भई यी रिट निवेदक (हितेन्द्रदेव शाक्य) लाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदमा पूर्ववत् काम कारबाही गर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाममा परमादेश समेत जारी हुने ठहर्छ,’ आदेशमा भनिएको छ।

प्राधिकरणको कार्यकारी निर्देशकको पदमा मनोज सिलवाललाई असोज ५ गते गरेको सरकारको निर्णयलाई सर्वोच्च अदालतले गरेका व्याख्या र न्यायिक सिद्धान्तको प्रतिकूल बताएको छ।

सरकारले असोज ५ गते शाक्यलाई प्राधिकरणबाट हटाएर ऊर्जा आयोगको ऊर्जा विशेषज्ञ सदस्य पदमा नियुक्त गरेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *