Date

सोम, मंसिर २२, २०८२
Mon, December 8, 2025

बैंकहरूमा हुने एआई प्रयोगलाई नियमनको दायरामा ल्याइँदै, मागियो सुझाव

बैंकहरूमा हुने एआई प्रयोगलाई नियमनको दायरामा ल्याइँदै, मागियो सुझाव

काठमाडौँ । बैंक, वित्तीय संस्थाहरूमा हुने कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई नियमनको दायरामा ल्याइने भएको छ । आइतबार आर्टिफिसियल इन्टिलिजेन्स (एआई) गाइडलाइन–२०२५ को मस्यौदा सार्वजनिक गर्दै राष्ट्र बैंकले सुरक्षित, पारदर्शी र जिम्मेवार प्रयोगका लागि विभिन्न व्यवस्था अघि सारेको छ । एआईको प्रयोग गर्दा जोखिम व्यवस्थापन, डाटा गोपनीयता र ग्राहक सुरक्षालाई मुख्य रूपमा प्राथमिकता दिनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गर्न लागेको छ ।

गाइडलाइनमा एआईको क्रेडिट स्कोरिङ, फ्रड पत्ता लगाउने, जोखिम व्यवस्थापन, ग्राहक सेवा र अनुगमनजस्ता गतिविधिमा प्रयोग गर्न सकिने र यसबाट आउने सबै निर्णय र परिणामको अन्तिम जिम्मेवारी वहन गर्न संस्थाले एआई गभर्नेन्स फ्रेमवर्क जारी गर्नुका साथै एआई स्टेरिङ कमिटी बनाउनुपर्ने प्रावधान राखिएको छ । बैंकहरूले प्रयोग गर्ने एआई प्रणालीलाई ‘उच्च जोखिम’ वा ‘न्यून जोखिम’का रूपमा वर्गीकरण गर्नुपर्ने र जोखिमका आधारमा कडा साइबर सुरक्षा अपनाउनुपर्ने प्रावधान राखिएको छ ।

एआई प्रयोग गर्दा ग्राहकको गोपनीयतासम्बन्धी कानून अनिवार्य पालना गर्नुपर्ने, ग्राहकको डेटा प्रयोग गर्न स्पष्ट सहमति लिनुपर्नेछ र ग्राहकले एआई सेवाबाट बाहिर बस्न पाउने अधिकार हुने व्यवस्था प्रस्ताव गरिएको छ । यस्तै एआईले तयार पारेको सामग्री स्पष्ट रूपमा लेबल गर्नुपर्ने र सर्वसाधारणलाई जानकारी दिनुपर्ने व्यवस्था गाइडलाइनको मस्यौदामा छ । गाइडलाइनको मस्यौदामा राय सुझाव उपलब्ध गराउन पुस १५ गतेसम्मको समय तोकिएको छ । तोकिएको समयभित्र प्राप्त सुझावलाई समेटेर गाइडलाइन जारी गर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *